विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ५७ हजार ४९१ जनाको मृत्यु भईसकेको छ भने १ करोड २३ लाख ९३ हजार ४८८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७२ लाख २४ हजार ८२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ६४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३५ हजार ८२२ जनाको मृत्यु भईसकेको छ भने ३२ लाख १९ हजार ९९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ लाख २६ हजार ४२८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ६४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १७ लाख ५९ हजार १०३ जनालाई संक्रमण भएको छ भने ६९ हजार २४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ११ लाख ८५ हजार ५९६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म २१ हजार ६२३ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ९४ हजार ८४२ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख ९५ हजार ९६० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ८४३ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ७ हजार ३०१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ८१ हजार ३१६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा अहिलेसम्म ११ हजार ३१४ जनाको मृत्यु भएको छ भने ३ लाख १६ हजार ४४८ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख ७ हजार ८०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ६८२ जनाको मृत्यु भएको छ भने ३ लाख ६ हजार २१६ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ७४ हजार ९२२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार ९९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ४०१ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १३६ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ६०२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८७ हजार ६२१ जनालाई संक्रमण भएको छ । त्यहाँ १८५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३३ हजार ५२६ जनाको मृत्यु भएको छ भने २ लाख ८२ हजार २८३ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ७२ हजार २३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ७३० जनाको मृत्यु भएको छ भने ७ हजार २८० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ईरानमा अहिलेसम्म १२ हजार ३०५ जनाको मृत्यु भएको छ भने २ लाख ५० हजार ४५८ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख १२ हजार १७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३२४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ९२६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४२ हजार ३६३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९३ हजार ९७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ५ हजार ५८ जनाको मृत्यु भएको छ भने २ लाख ४३ हजार ५९९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४९ हजार ९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ३७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७५ जनाको मृत्यु भएको छ भने २ हजार ७५१ जना नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ८८५ जनाको मृत्यु भएको छ भने १४ हजार २७० जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?