सत्तारुढ नेकपा स्थायी कमिटी बैठक ७ दिनका लागि स्थगित, के हो कारण ?

काठमाडौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक ७ दिनका लागि स्थगित भएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार देशभर भैरहेको अतिवृष्टि र सिन्धुपाल्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्धार एवम् राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रिय कार्यसमितीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित भएको हो ।

यसअघि ओली – प्रचण्ड वार्ता निष्कर्षमा पुर्याउने भन्दै गत २२ र २४ गते डाकिएको बैठक स्थगित गरिएको थियो ।

केहि दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक लगायत देशका विभिन्न जिल्लामा बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?