कोरोना कहर : अमेरिकामा बिहीवार ६१ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ५७ हजार ४०५ जनाको मृत्यु भएको छ भने १ करोड २३ लाख ८७ हजार ८२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७१ लाख ८७ हजार ४४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ४५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १ लाख ३५ हजार ८२२ जनाको मृत्यु भएको छ भने ३२ लाख १९ हजार ९९९ जनालाई संक्रमण भएको छ । त्यस्तै १४ लाख २६ हजार ४२८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ लाख ५७ हजार ७४९ जना स्वास्थ्योपचार गराईरहेका छन् ।

त्यस्तै १५ हजार ६४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्यूयोर्कमा ३२ हजार ३४३ जनाको मृत्यु भएको छ भने ४ लाख २५ हजार ७२ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा ३ लाख ३ हजार ३२३ जनालाई संक्रमण भएको छ भने ६ हजार ८५० जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा ३ हजार ४६ जनाको मृत्यु भएको छ भने २ लाख ४१ हजार १३ जनालाई संक्रमण भएको छ । अमेरिकामा बिहीवार ६१ हजार ६७ जना संक्रमित थपिएका छन् भने ९६० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?