कोरोनाको प्रकोप : भारतमा संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ५७ हजार ४०५ जनाको मृत्यु भएको छ भने १ करोड २३ लाख ८७ हजार ८२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७१ लाख ८७ हजार ४४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ४५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २१ हजार ६२३ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८४२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ लाख ९५ हजार ९६० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा अहिले २ लाख ७७ हजार २५९ जना स्वास्थ्योपचार गराईरहेका छन् । भारतमा बिहीवार मात्रै २५ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् यो अहिलेसम्ममा भारतमा एकैदिन भेटिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।

अस्ति बुधवार मात्र भारतमा २५ हजार ५७१ जना संक्रमित थपिएका थिए । त्यस्तै बिहीवार नै भारतमा ४७९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?