यस्तो छ स्पेन र बेलायतमा कोरोना महमारीको पछिल्लो अवस्था

काठमाडौं । स्पेनमा बितेको २४ घण्टामा ५ सय ४३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १ सय ३६ पुगेको छ । हालसम्म २८ हजार ४ सय १ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ जनाको ज्यान गएको र संक्रमित मध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ६ सय २ पुगेको छ । बितेको २४ घण्टामा बेलायतमा ६ सय ४२ जनामा कोरोना संक्रमण देखिएको र ८५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ६ सय २१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १ सय ८५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ५४ हजार ५ सय १ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड २२ लाख ७७ हजार १ सय ७९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ७१ लाख ४३ हजार ५ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५८ हजार २ सय ८ जनाको अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार ३ सय ४ जनाको ज्यान गएको र १ लाख २१ हजार १ सय ५० जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?