कोरोना विश्व अपडेटः ५ लाख ५४ हजार नाघे मृतक, कति पुगे संक्रमित ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ५४ हजार ५ सय १ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड २२ लाख ७७ हजार १ सय ७९ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ७१ लाख ४३ हजार ५ सय ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५८ हजार २ सय ८ जनाको अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार ३ सय ४ जनाको ज्यान गएको र १ लाख २१ हजार १ सय ५० जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २ सय ७४ पुगेको छ । बितेको २४ घण्टामा २५ हजार २ सय ५२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ८४ हजार १ सय ८४ पुगेको छ । हालसम्म १३ लाख ९४ हजार ३ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ४ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय १२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६८ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ११ हजार ८३ जनामा कोरोना संक्रमण देखिएको र ३ सय जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १७ लाख २७ हजार २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ११ लाख ५२ हजार ४ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा २५ हजार १ सय ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७ लाख ९४ हजार १ सय ९६ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा २१ हजार ६ सय २२ जनाको ज्यान गएको र ४ लाख ९५ हजार ८ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ७८ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै रसियामा हालसम्म ७ लाख ७ हजार १ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ५ सय ९ जनामा कोरोना संक्रमण देखिएको र १ सय ७६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा १० हजार ८ सय ४३ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ८१ हजार ३ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ३३ पुगेको छ । हालसम्म ३ लाख १२ हजार ९ सय ११ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये २ लाख ४ हजार ७ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय ८२ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १ सय ३३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ६ हजार २ सय १६ पुगेको छ । हालसम्म २ लाख ७४ हजार ९ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये १ हजार ९ सय ९९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

स्पेनमा बितेको २४ घण्टामा ५ सय ४३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख १ सय ३६ पुगेको छ । हालसम्म २८ हजार ४ सय १ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ५ जनाको ज्यान गएको र संक्रमित मध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ६ सय २ पुगेको छ । बितेको २४ घण्टामा बेलायतमा ६ सय ४२ जनामा कोरोना संक्रमण देखिएको र ८५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८७ हजार ६ सय २१ पुगेको छ । त्यस्तै संक्रमितमध्ये १ सय ८५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै मेक्सिकोमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ हजार ७ सय ९६ पुगेको छ । बितेको २४ घण्टामा थप ६ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ३ पुगेको छ । हालसम्म १ लाख ६७ हजार ७ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ९ सय २६ पुगेको छ । बितेको २४ घण्टामा २ सय १४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४२ हजार ३ सय ६३ पुगेको छ । हालसम्म १ लाख ९३ हजार ९ सय ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ६९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?