सबै भन्दा धेरै कोरोना संक्रमित भएका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ५४ हजार ४ सय ६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड २२ लाख ७५ हजार २ सय ४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ७१ लाख ३३ हजार १ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै संक्रमितमध्ये ५ हजार २ सय ७ जनाको अवस्था गम्भीर रहेको छ ।  बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार २ सय ६८ जनाको ज्यान गएको र १ लाख १९ हजार २ सय ५५ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २ सय ७४ पुगेको छ । बितेको २४ घण्टामा २५ हजार २ सय ५२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ८४ हजार १ सय ८४ पुगेको छ । हालसम्म १३ लाख ९४ हजार ३ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ४ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय १२ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६८ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ११ हजार ३ जनामा कोरोना संक्रमण देखिएको र ३ सय जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १७ लाख २७ हजार २ सय ७९ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ११ लाख ५२ हजार ४ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा २५ हजार १ सय ४४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७ लाख ९४ हजार १ सय ९६ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा २१ हजार ६ सय २२ जनाको ज्यान गएको र ४ लाख ९५ हजार ८ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ७८ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै रसियामा हालसम्म ७ लाख ७ हजार १ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ५ सय ९ जनामा कोरोना संक्रमण देखिएको र १ सय ७६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा १० हजार ८ सय ४३ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ८१ हजार ३ सय १६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ३३ पुगेको छ । हालसम्म ३ लाख १२ हजार ९ सय ११ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये २ लाख ४ हजार ७ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?