अमेरिकामा बढेको बढ्यै संक्रमित, कति पुगे मृतक ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ५४ हजार ४ सय ६५ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड २२ लाख ७५ हजार २ सय ४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ७१ लाख ३३ हजार १ सय ७० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५ हजार २ सय ७ जनाको अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार २ सय ६८ जनाको ज्यान गएको र १ लाख १९ हजार २ सय ५५ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २ सय ७४ पुगेको छ । बितेको २४ घण्टामा २५ हजार २ सय ५२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख ८४ हजार १ सय ८४ पुगेको छ ।

हालसम्म १३ लाख ९४ हजार ३ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ४ सय ३२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय १२ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?