स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो विवरण ‘ग्राफ’ मा हेर्नुहोस्

काठमाडौं – पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।  यसैबीच बितेको २४ घण्टामा नेपालमा १ सय ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

बिहीबार थप १ सय ३९ जना संक्रमणमुक्त भएसँगै आजसम्म ७ हजार ८ सय ९१ जना संक्रमित कोरोना निको भएर घर फर्किएका छन् ।

बिहीबार २५ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट ४ हजार ५ सय ८८ जनाको कोरोना परीक्षण भएको छ । यो समेत गरी आजसम्म २ लाख ७१ हजार १ सय ४५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

अहिले देशभरीका आइसोलेसनमा अर्थात् उपचाररत ८ हजार ६ सय ५ जना रहेका छन् । कहाँ कति उपचाररत छन् ?

प्रदेश नम्बर १ मा  : १ सय ९६
प्रदेश नम्बर २ मा :  २ हजार २४
बाग्मती प्रदेशमा  :  ४ सय २९
गण्डकी प्रदेशमा :  ८ सय ६२ जना

प्रदेश नम्बर ५ मा :  १ हजार ७ सय २७ जना

कर्णाली प्रदेशमा :  ४ सय ५

सुदूरपश्चिम प्रदेशमा : २ हजार ९ सय ६२ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  : 

सुनसरीका १, झापाका १, सप्तरीका २, धनुषाका २, सिराहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौँका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासीका १, मकवानपुरका १, सिन्धुपाल्चोकका १ र बाग्लुङका ३ जना, तनहुँका १, म्याग्दीका २, गोरखाका २, कास्कीका ४, लमजुङका ५,बाँकेका २ जना , दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाजुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, हाल कुन प्रदेशमा कति ? 
आज नेपालमा २४ हजार ४ सय २५ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका मानिसहरुको संख्या घटेसँगै पछिल्लो समय कोरोना संक्रमितको संख्या पनि घट्दै गइरहेको छ ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा : 

प्रदेश १ मा : २ हजार ८ सय ५०

प्रदेश २ मा : २ हजार ९ सय ९०

बाग्मती प्रदेशमा : १ हजार ९ सय ७

गण्डकी प्रदेशमा :  ४ हजार २ सय ५०

प्रदेश ५ मा : ५  हजार २ सय ४०

कर्णाली प्रदेशमा : १ हजार ८ सय ९९

सुदूरपश्चिम प्रदेशमा : ५ हजार २ सय ८९ गरी बिहीवार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण मुक्त यी ५ जिल्ला :
नेपालको ७७ जिल्लामध्ये अहिले ५ जिल्लामा कोरोना संक्रमित छैनन् ।

धनकुटा

भोजपुर

सोलुखुम्बु

मुस्ताङ

हुम्ला

५०० भन्दा बढी कोरोना संक्रमित भएका यी ६ जिल्ला : 
महोत्तरी

रौतहट

पाल्पा

बाजुरा

कैलाली

अछाम

काठमाडौ उपत्यकामा थपिएका पाँच कोरोना संक्रमित सबै काठमाडौंका
काठमाडौंमा आज बिहीवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंमा बितेको २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुुमा एक, शुक्रराज ट्रपिकल तथा सरु वारोग अस्पतालमा एक, वीर अस्पताल काठमाडौंमा एक र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?