सार्वजनिक सवारी चल्न दिने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्ने भएको छ ।

गत मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले काठमाडौंमा उपत्यकामा सवारी चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।

सुरक्षाका मापदण्डहरु अपनाएर काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधान संचालन गर्ने निर्णय गरेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै उनले बताए ।

त्यस्तै उपत्यका बाहिर पनि सार्वजनिक यातायात सञ्चालन गरिएपनि एक जिल्लाबाट अर्को जिल्ला भने जान पाइनेछैन् ।

प्रवक्ता खतिवडाका अनुसार ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्नेछ ।

ट्याक्सी सञ्चालन भएपनि सम्बन्धित जिल्लामा मात्र चलाउन पाइने र दुइजना भन्दा बढी राख्न नपाइने प्रावधान लागू गरिने पनि उनले बताए ।

सार्वजनिक सवारी साधनको हकमा भने ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ ।

त्यस्तै सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?