केन्द्रीय संसदका लागि झण्डै तीन हजार प्रतिनिधि चयन

बेईजिङ, ११ फागुन – चीनीयाँ केन्द्रीय संसदको १३औं राष्ट्रिय जनकङ्ग्रेसका लागि दुई हजार ९८० जना प्रतिनिधि चयन भएका छन् देशभरी रहेका ३५ ओटा निर्वाचन इकाइ मार्फत् उनीहरु निर्वाचित भएको समाचारमा जनाइएको छ निर्वाचित सदस्यहरूको विवरण राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिमा पेश गर्नुपर्ने प्रावधान अनुसार निर्वाचित सदस्यहरूको नामलाई अन्तिम रूप दिन नियमानुसार शुक्रबार नै ती नाम चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा पेश हुने कार्यक्रम छ निर्वाचित भएकाहरूको नामावली शनिबार प्रकाशित गर्ने कार्यतालिका रहेको चिनियाँ अधिकारीले जनाएका छन् निर्वाचन आयोगले निर्वाचित प्रतिनिधिहरूको वैधानिकता र योग्यता पुरै चेकजाँच गर्दा कुनै कमजोरी नदेखिएको बताइएको छ । सो बैठक स्थायी समितिका अध्यक्ष झेङ डेजिआङले गर्नु भएको थियो बैठकमा स्थायी समिति सदस्यहरुले १२औं राष्ट्रिय जनकङ्ग्र्रेसका कामहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए साथै उनीहरुले १३औं जनकङ्ग्र्रेसको पहिलो अधिवेशनका एजेण्डाका बारेमा पनि छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?