काठमाडौं । गएराति सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढी पहिरोमा परेकाहरुको उद्धार थालिएको छ । उक्त पहिरोमा परी घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
उनलाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठडाइएको प्रहरीले जनाएको छ ।
उक्त पहिरोमा परी २० जना घाइते भएका छन् भने २ जनाको मृत्यु भएको छ । पहिरो निरीक्षणको लागि त्यसतर्फ जाँदा सभामुख अग्नि सापकोटा सवार हेलिकप्टर प्रतिकुल मौसमका कारण काभ्रेबाट फर्किएको थियो ।
त्यस्तै बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया