बिहारमा बुधवार चट्याङ लागेर १२ को मृत्यु, मृतकका परिवारलाई आर्थिक सहयोग गरिने

नयाँ दिल्ली । भारतको बिहार राज्यमा बुधवार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पुर्याएको बताइएको छ । बिहारको विपद् व्यवस्थापन विभागले बुधवार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको जनाएको छ ।

अघिल्लो हप्तासम्ममा यहाँ यस प्रकोपका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।

यसैबीच बिहार सरकारले मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले सो घोषणा गरेका हुन् ।

उनले बुधवार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको सूचना पाएको भन्दै मृतकका परिवारलाई सो सहयोग गर्ने बताएका हुन् । यहाँ पछिल्ला दिनहरुमा वर्षासँगै परेको चट्याङलले लागेर एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले गत हप्ता नै यस प्रकोपबाट ज्यान जाने परिवारका सदस्यहरुलाई आर्थिक सहयोगका रुपमा प्रत्येक परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।

पछिल्ला हप्ताहरुमा बिहारमा मौसम खराब रहेकोले बाढी पहिरोबाट जोगिन बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?