आठ भारतीय प्रहरीको हत्या गर्ने ‘मोस्टवान्टेड’ विकास दुबे पक्राउ

काठमाडौं । भारतको कानपुरमा आठ जना प्रहरीको हत्या गरेर फरार रहेका मोस्टवान्टेड विकास दुबे पक्राउ परेका छन्।

दुबे मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट बिहीवार बिहान पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ। उनले महाकाल मन्दिरमा पर्चा काटेपछि स्वयं नै आत्मसमपर्ण गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यूपी पुलिसले उनलाई गिरफ्तार गरेको बताएको छ ।

अघिल्लो साता उत्तर प्रदेशको कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका थिए।

उनलाई खोज्दै भारतीय प्रहरी नेपालगञ्जमा समेत आईपुगेको थियो।

भारतीय प्रहरीले दुबेबारे सूचना दिनेलाई दुई लाख ५० हजार रुपैयाँ भारू पुरस्कार दिने समेत घोषणा गरेको थियो।

त्यहाँको दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरी गएको राज्यका प्रहरी प्रमुख हितेश चन्द्र अवस्थी बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?