काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ५ लाख ५२ हजार ४६ जनालाई संक्रमण भएको छ भने १ करोड २१ लाख ६४ हजार ७२३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७० लाख ३० हजार १९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ३१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसबाट अहिलेसम्म २१ हजार १४४ जनाको मृत्यु भएको छ भने ७ लाख ६९ हजार ५२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै४ लाख ७६ हजार ५५४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा २ लाख ७१ हजार ३५४ जना स्वास्थ्योपचार गराईरहेका छन् ।
बुधवार मात्रै भारतमा २५ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् जो अहिलेसम्मकै एकेदिनमा थपिएका सबैभन्दा धेरै संख्या हो । र बुधवार नै भारतमा ४९१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया