बाह्रबिसे नगरपालिका जम्बुका १५ घर बाढीले बगायो

लोकपथ संवाददाता
0
Shares
jiff{sf sf/0f ljleGg 7fpFdf Iflt dn]DrL, @% c;f/ M uP /fltb]lv clj/n jiff{n] afx|la;]b]lv tftf]kfgL If]qsf ljleGg 7fFpdf Iflt . p4f/sf nflu lgl:sPsf] g]kfnL ;]gf k|x/L klg hDa’;Dd klg k’Ug g;Sg] cj:yf ePsfn] :yfgLojf;Ln] ;dodf ;fy kfpg g;ls/x]sf] k|d’v lhNnf clwsf/L pd]zs’df/ 9sfnn] hfgsf/L lbg’eof] . afx|la;] gu/kflnsfsf] hDa’sf 7f8f] vf]nfdf cfPsf] af9Ln] !% 3/ aufPsf] / s]xL JoflQm ;Dks{ljxLg ePsf 5g . t:jL/ M b]j/fh ;’j]bL÷/f;;

मेलम्ची । गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन्।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भने । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरिन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?