काठमाडौं । अबिरल वर्षासँगै आएको बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा १८ जना बेपत्ता हुनुका साथै २ जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका स्थित जम्बुमा गएराति बाढीसँगै ठूलो पहिरो गएको हो ।
वाढीमा परेर १८ जना बेपत्ता भएको सूचना आएको भएपनि एकिन गर्न सक्ने अवस्था नरहेको बाह्रबिसे नगरपालिका प्रमुख निमफुन्जो शेर्पाले बताए।
अहिले घटनास्थलमा उद्धार टोली पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया