कोरोना विश्व अपडेटः ५ लाख ४८ हजार नाघे मृतक, कति पुगे संक्रमित ? (विवरणसहित)

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ४८ हजार ९ सय ९८ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड २० लाख ५५ हजार २ सय ७७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६९ लाख ९० हजार ६ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५८ हजार २ सय ९३ जनाको अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार २ सय ८३ जनाको ज्यान गएको र १ लाख १२ हजार १ सय ९५ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ३ सय ९ पुगेको छ । बितेको २४ घण्टामा २३ हजार ३ सय ९७ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख २० हजार ४ सय ३८ पुगेको छ । हालसम्म १३ लाख ७२ हजार ८ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६७ हजार १ सय १३ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ९ हजार ८३ जनामा कोरोना संक्रमण देखिएको र २ सय ४५ जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १६ लाख ८३ हजार ७ सय ८३ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ११ लाख १७ हजार ९ सय २२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा २४ हजार ८ सय ६४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७ लाख ६८ हजार ३ सय ४५ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा २१ हजार १ सय ४४ जनाको ज्यान गएको र ४ लाख ७६ हजार ४ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ९१ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै रसियामा हालसम्म ७ लाख ७ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ५ सय ६२ जनामा कोरोना संक्रमण देखिएको र १ सय ७३ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा १० हजार ६ सय ६७ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ७२ हजार ५ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ५२ पुगेको छ । हालसम्म ३ लाख ९ हजार २ सय ७८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये २ लाख ९ सय ३८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।

त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ७३ पुगेको छ । बितेको २४ घण्टामा २ हजार बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ८३ पुगेको छ । हालसम्म २ लाख ७१ हजार ७ सय ३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये २ हजार ५३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

स्पेनमा बितेको २४ घण्टामा ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९९ हजार ५ सय ९३ पुगेको छ । हालसम्म २८ हजार ३ सय ९६ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ जनाको ज्यान गएको र संक्रमित मध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार ५ सय १७ पुगेको छ । बितेको २४ घण्टामा बेलायतमा ६ सय ३० जनामा कोरोना संक्रमण देखिएको र १ सय २६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८६ हजार ९ सय ७९ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ सय ९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै मेक्सिकोमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ हजार १४ पुगेको छ । बितेको २४ घण्टामा थप ६ हजार २ सय ५८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ८ पुगेको छ । हालसम्म १ लाख ६३ हजार ६ सय ४६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ९ सय १४ पुगेको छ । बितेको २४ घण्टामा १ सय ९३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४२ हजार १ सय ४९ पुगेको छ । हालसम्म १ लाख ९३ हजार ६ सय ४० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ७१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?