यस्तो छ अमेरिकाको पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ४८ हजार ९ सय ६१ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड २० लाख ५४ हजार ५ सय २५ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६९ लाख ५ हजार ४ सय जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५ हजार ३ सय २ जनाको अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार २ सय ८३ जनाको ज्यान गएको र १ लाख १२ हजार १ सय ९५ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ३ सय ९ पुगेको छ । बितेको २४ घण्टामा २३ हजार ३ सय ९७ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३१ लाख २० हजार ४ सय ३८ पुगेको छ ।

हालसम्म १३ लाख ७२ हजार ८ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ८ सय ८२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ३ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?