काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता बाक्लिएको छ ।
नेकपाभित्र तीव्र विवाद बढ्दै जाँदा राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिँदै आएको छ ।
बालुवाटार र शीतलनिवासले राष्ट्राध्यक्ष र कार्यकारीबीचको भेटवार्तालाई स्वाभाविक भनेपनि पछिल्लो विकसिक घटनाक्रम र ओलीले बैठकहरुमा राष्ट्रपतिलाई समेत मुछेर दिएको अभिव्यक्तिले प्रश्न गर्ने ठाउँ धेरै रहेको नेताहरु बताउँछन् ।
यसअघि राष्ट्रपतिमार्फत हतारमा संसद अधिवेशन अन्त्य गराएका ओलीले विभिन्न रणनीतिक योजनाबारे छलफल थालेको बताइन्छ ।
यहीबीचमा आज पनि शीतलनिवासमा ओलीले करिब २ घण्टा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेको स्रोतको दावी छ ।
आजै ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको र भेटमा सहमति भएको थिएन । सोही भेटपछि ओली शीतलनिवास पुगेको स्रोतको दाबी छ । नेकपाभित्र विवाद चुलिएपछि ओलीको शीतल निवास आउजाउ बाक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया