हालसम्म विश्वभर कति पुगे कारोना संक्रमित ?

काठमाडौं । बुधबार अवेरसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या १ करोड २० लाख ५० हजार नाघेको छ ।

विश्वभर महामारी रुप लिएको कोरोनाभाइरसको हालसम्म औषधि पत्ता नलाग्दा र रोगको फैलावट पनि उस्तै रहँदा यो भाइरस विश्वको तनावको विषय बनेको छ ।

यही भाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या साढे ५ लाख नजिक छ । बुधबार अवेरसम्म मृतकको संख्या ५ लाख ४८ हजार १ पुगेको हो ।

यसैगरी हालसम्म ६९ लाख ६८ हजार मानिस कोरोना मुक्त भइ घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?