सल्यान । ढुङ्गाले लागेर यहाँ आज एक बालकको मृत्यु भएको छ । बाख्रा चराउन जङ्गल जाँदै गर्दा माथिबाट खसेको ढुङ्गाले टाउकामा लागेर शारदा नगरपालिका –१ भगवती खोला निवासी नौवर्षीय दिनेश बुढाथोकीको मृत्यु भएको हो ।
स्थानीय जोगेनी पाखा जङ्गलमा अपराह्न साढे १ बजेतिर भएको दुर्घटनामा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि सल्यान अस्पताल ल्याइएको बताइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया