विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ४७ हजार ८३४ जनाको मृत्यु भईसकेको छ भने १ करोड २० लाख २ हजार १३२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६९ लाख ४६ हजार ९१४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३४ हजार ३० जनाको मृत्यु भईसकेको छ भने ३० लाख ९९ हजार ९५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १३ लाख ५५ हजार ६८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ३८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५८ जनाको मृत्यु भएको छ भने २ हजार ११ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १६ लाख ७४ हजार ६५५ जनालाई संक्रमण भएको छ भने ६६ हजार ८६८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ११ लाख १७ हजार ९२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म २० हजार ८२० जनाको मृत्यु भईसकेको छ भने ७ लाख ५४ हजार १५२ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख ६४ हजार ७४१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६७ जनाको मृत्यु भएको छ भने १० हजार ६७१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार ६६७ जनाको मृत्यु भईसकेको छ भने ७ लाख ७९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ७२ हजार ५११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १७३ जनाको मृत्यु भएको छ भने ६ हजार ५६२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पेरुमा अहिलेसम्म १० हजार ९५२ जनाको मृत्यु भएको छ भने ३ लाख ९ हजार २७८ जनालाई संक्रमण भएको छ । त्यहाँ २ लाख ९३८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ४३४ जनाको मृत्यु भएको छ भने ३ लाख १ हजार १९ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ६८ हजार २४५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३९२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९९ हजार २१० जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार ५१७ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८६ हजार ९७९ जनालाई संक्रमण भएको छ । त्यहाँ २०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२६ जनाको मृत्यु भएको छ भने ६३० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३२ हजार १४ जनाको मृत्यु भएको छ भने २ लाख ६८ हजार ८ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ६३ हजार ६४६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ८९५ जनाको मृत्यु भएको छ भने ६ हजार २५८ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ईरानमा अहिलेसम्म १२ हजार ८४ जनाको मृत्यु भएको छ भने २ लाख ४८ हजार ३७९ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ९ हजार ४६३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार ३०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ६९१ जना नयाँ संक्रमित थपिएका छन् भने १५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ८९९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४१ हजार ९५६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९२ हजार ८१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ९२२ जनाको मृत्यु भएको छ भने २ लाख ३७ हजार ४८९ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४० हजार ९६५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार २३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ९८० जना नयाँ संक्रमित थपिएका छन् भने ८३ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा विश्वमा २ हजार १७९ जनाको मृत्यु भएको छ भने ६० हजार १४ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?