अमेरिकाका ८ सांसदमा कोरोना पुष्टि

काठमाडौं । अमेरिकाको मिसिसिपीका ८ सांसदमा कोरोना पुष्टि भएको छ । ति मध्ये लेफ्टिनेन्ट गभर्नर डेल्बर्ट होजम्यान र हाउस स्पिकर फिलिप गुन पहिला नै कोरोनाबाट संक्रमित भईसकेका छन् ।

राज्यका स्वास्थ्य अधिकारी डा. थोमस डोब्सले मंगलवार क्यापिटलका कर्मचारी र सांसदको बीचमा कोरोना भाइरसका थोरैमा ११ केस रहेको बताएका छन् ।

डोब्सले यो घातक भाइरस राज्यको पार्टी तथा अन्य गोष्ठीहरुबाट फैलिएको बताएका हुन् ।

मास्क नलगाउने र एक अर्काबीचमा दूरी कायम गरेर नबस्नाले संक्रमण फैलिएको उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?