आमाले घाँटी थिचेर गरिन् छोराको हत्या !

काठमाडौं । ब्राजिलमा एक आमाले नै आफ्नो छोराको हत्या गरेकी छन् । आफ्ना ११ वर्षीय छोरालाई उनले घाँटी थिचेर हत्या गरेकी छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार श्रीमानसँग सम्बन्धबिच्छेद गरेर बसेकी एलक्जेन्ड्रा डोगोकेन्स्गीले आफ्नै छोरालाई घाँटी थिचेर हत्या गरेकी हुन् ।

राफेल नाम गरेका ११ वर्षीय बालक राती ढिलासम्म आमाको फोनमा गेम खेलेर बसेको रिसमा उनले आफ्नै छोरोको घाँटी थिचेर हत्या गरेकी हुन् ।

ब्राजिलका पुलिसले आमाले उक्त अपराध स्विकारेकी छन् । उनी ३३ वर्षीया महिला भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?