संक्रमितको हिसाबले पहिलो स्थानमा रहेको अमेरिकाको यस्तो छ पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ४३ हजार ५ सय ६ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १८ लाख ४३ हजार ४ सय २७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६८ लाख १२ हजार ४ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

त्यस्तै, संक्रमितमध्ये ५७ हजार ९ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ । बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण ३ हजार ३ सय ६६ जनाको ज्यान गएको र १ लाख १० हजार ८ सय ४६ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार ४ सय १५ पुगेको छ । बितेको २४ घण्टामा २० हजार ८ सय ४२ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ६१ हजार ३४ पुगेको छ ।

हालसम्म १३ लाख ३७ हजार ३ सय ७३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार १ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ४ सय ३६ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?