संसदमा देखियो अचम्मका दृष्य, के कोरोनासँग डर हराएको हो ? (भिडियोसहित)

काठमाडौं । सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गरेको छ । तर स्वयं नीति निर्माताहरुले नै मास्कको सहि ढंगले प्रयोग गरेका छैनन् । विश्व स्वास्थ्य संगठनले भिडमा जाँदा मास्क लगाउन अनिवार्य भनेको छ तरपनि हाम्रा नीति निर्माताहरु जानेर वा नजानेर, बुझेर वा नबुझेर मास्कको प्रयोगमा हेलचेक्रयाई गरिरहेका छन् । हामीले लकडाउन भए यता नीति निर्माताहरुले मास्कको प्रयोग कसरी गरिरहेका छन भनेर देखाउन खोजेका छौं ।

सबैभन्दा पहिला यो दृष्य हेरौं

यो प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद अन्तर्गतको प्रतिनिधि सभालाई सम्बोधन गरेको दृष्य हो । यहाँ प्रधानमन्त्री ओलीले मास्क लगाएका छैनन् । प्रधानमन्त्री अगाडि रहेको माइकलाई कपडाले ढाकिएको छ । तर राष्ट्रिय सभालाई सम्बोधन गर्दा को यो दृष्य हेर्नुहोस न मास्क लगाउनुभएको छ न त माइकलाई छोपिएको छ ।

फेरी अर्को दृष्य हेरौं

यहाँ संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बोल्दै छन् । समितिमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिद प्रक्रणमा अनियमितता भएको सम्बन्धमा छलफल भइरहेको छ । यो बैठकमा सांसद रिजालले मुखमा लगाएको मास्क माइकलाई लाइदिदै भने ‘यसरी भन्दा यसरी सजिलो होला जस्तो छ । यसरी किन खोल्या भन्दा दुईवटै उस्तै हुन् ।’ यसबाट सांसद रिजालले भन्न खोजेको मास्क आफुले लगाएपनि हुने अथवा माइकले लगाएपनि हुने भन्ने बुझिन्छ ।

यी दुई दृष्यबाट कोभिड-१९ संक्रमणबाट जोगिनका लागि मास्कको प्रयोग कति महत्वपूर्ण छ भन्ने कुरा लाई नै माननीयहरुले नजरअन्दाज गरेको देखिन्छ ।

अर्को दृष्य हेरौं

अनिवार्य मास्क लगाउन सर्वसाधारणलाई निर्देशन दिएको भोलिपल्ट मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा स्वयंले सही ढंगले मास्क लगाएका थिएनन् ।

त्यस्तै संसद प्रवेश गर्दा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मास्क प्रयोग गरेका छैनन् । गाडीबाट ओलिएपछि मन्त्री ढकाल संसद सचिवालयमा रहेकाहरुलाई नमस्कार गर्दै भित्र छिरेको दृष्य देख्न सकिन्छ ।

 

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि गाडीबाट ओर्लिदा मास्क बिना नै रहेका छन् । उनी पनि मास्कबिना नै संसद प्रवेश गरिरहेका छन् ।

यी त प्रतिनिधि दृष्य मात्रै हुन् । यी सबै दृष्यले सरकार, सरकारका मन्त्री र सरोकारवाला मन्त्रालय मास्कको प्रयोग बारे गम्भिर छैनन भन्ने देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?