विधेयक दर्ता

हेटौँडा । वाग्मती प्रदेश सरकारले आज प्रदेशसभा सचिवालयमा दुईवटा विधेयक दर्ता गराएको छ ।

सरकारले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ दर्ता गराएको सचिवालयले जनाएको छ ।

आगामी केही हप्ताभित्रै बस्ने प्रदेशसभाको बैठकमा ती दुवै विधेयक छलफलका लागि प्रस्ताव टेबुल गरिने प्रदेशसभा सचिवालयका कानून अधिकृत विनोद अमात्यले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?