कोरोना संक्रमित बढेपछि मेलबर्न शहरमा पुनः लकडाउन

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अष्ट्रेलियाको मेलबर्न शहरमा पुनः लकडाउन गरिएको छ ।

मेलबर्न जनसंख्याको हिसाबले अष्ट्रेलियाको दोस्रो ठूलो शहर मानिन्छ । अचानक दोस्रो वेभका रुपमा कोरोनाले तिब्रता पाएपछि भिक्टोरिया राज्य सरकारले छ हप्ताको लागि लकडाउन घोषणा गरेको हो।

मेलबर्नमा यो तेस्रो चरणको लकडाउन हो । साथै अति आवश्यकिय काम भन्दा अन्य काममा घर बाहिर जान नपाईने बताइएको छ ।
मंगलवारबाट शुरु भएको लकडाउनमा आवश्यक खाद्य सामाग्री खरिद गर्न, अत्यावश्यक कार्य गर्नका लागि मात्र बाहिर निस्कन छुट हुनेछ।

करीब २ हप्ताअघिसम्म नियन्त्रण हुन सकेको कोरोना मेलबर्नमा एक्कासी संक्रमित बढेको थियो ।

मंगलबार लगभग दुई सयको हाराहारीमा र सोमवार १५० जनामा कोरोना संक्रमण देखिएको थियो ।

दईजना भन्दा बढी सार्वजनिक स्थानमा भेला हुन नपाईने, मृत्य संस्कारमा १० र विवाहमा ५ जनामात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?