काठमाडौं । काठमाडौंमा बितेको २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
त्यस्तै पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । हिजो मात्र काठमाडौंमा २४ जनामा कोरोना संक्रमण देखिएको थियो भने काठमाडौं उपत्यकाका ३ जिल्लामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा आज (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।
उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ ।
नेपालमा हिजो (सोमवार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया