युवा जनशक्ति लागूऔषधमा फसेकाले विकासमा प्रभाव पर्‍यो : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागूऔषधमा फसेकाले विकासमा प्रभाव परेको बताएका छन् ।

समाजको र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुनेभएपनि लागू औषध सेवनले प्रभाव परेको उनले बताए । लागू औषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिकीकरण कार्यक्रममा गृहमन्त्री थापाले युवाशक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताए ।

प्रयोगकर्ताहरुको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको उनले बताए । मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागू औषध नियन्त्रण जरुरी रहेको उनले बताए ।

गृहमन्त्री थापाले विश्वमहामारीका रुपमा फैलिएको कोरोना जस्तै लागू औषध प्रयोगकर्ताहरु रहेको बताए । कोरोना जस्तै संक्रामक रोगको रुपमा यो फैलिदै गएको उल्लेख गर्दै थापाले यसको नियन्त्रणका लागि एकतावद्ध भएर योजनावद्ध रुपमा लगाडी बढ्नुपर्ने संकल्प लिनुपर्ने बताए ।

मन्त्रालयले योजना नै बनाएर लागू औषध विरुद्धको अभियान सुरु गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?