दक्षिण चीन सागरमा अमेरिकाले तैनाथ गर्यो लडाकू विमान

काठमाडौं । चीन र अमेरिकाको बढ्दो तनावकाबीच दक्षिण चीन सागरमा अमेरिकाले आफ्ना युद्धपोत तैनाथ गरेको छ ।

अमेरिकाले दक्षिण चीन सागरमा केहि दिनयता आफ्नो युद्धाभ्यास बढाएसँगै चीनले मिसाईल हमला गर्ने धम्की दिएको थियो । तर अमेरिकी नौसेनाले चीनको उक्त धम्कीको मजाक उडाएको थियो ।

अहिले उक्त सागरमा अमेरिकाले हतियारले भरिएको आफ्ना लडाकू विमान तैनाथ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

चीनको धम्कीलाई मजाकमा उडाउँदै अमेरिकाले दक्षिण चीन सागरमा ११ फाइटर जेटद्वारा एकसाथ उडान भरेको छ ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले अमेरिकाले खुल्ला शक्ति प्रदर्शन गरेको छ । अमेरिकाले बिहीवार अमेरिकाले बी-५२-एच लडाकू विमानका साथै अन्य १० फाइटर जेटले एकसाथ दक्षिण चीन सागरमा उडान भरेको थियो ।

परमाणु हतियार बोक्न सफल उक्त सबै विमान अमेरिकी एयरक्राफ्ट क्यारियर निमिट्जबाट उडान भरेको थियो ।

यस युद्धाभ्यासमा यूएसए निमिट्जका साथै रोनाल्ड रिगन एयरक्राफ्ट क्यारियर पनि देखिएको छ ।

यस्तो अवस्थामा चीनले भने अमेरिकाले खुला शक्ति प्रदर्शन गरेको बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?