दक्षिण कोरियामा पनि कोरोना संक्रमित बढे

सोल ।दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमवार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको छ ।

यहाँ सोमबार मध्यरातिसम्म अर्थात् गएको करिव २४ घण्टामा संक्रमितहरु ४४ जना थपिएका बताइएको हो । योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १८१ जना पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तीमा पनि ५० जना संक्रमित थपिएका छन् ।

उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ । सोमवार एकजनाको यो संक्रमणबाट मृत्यु भएको छ । यो समेतगरी यहाँ यस संक्रमणबाट ज्यान जानेको संख्या २८५ जना पुगेको बताइएको छ । यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरुबाट भएका बताइएको छ ।

यहाँ निकै थोरै संख्यामा मात्र संक्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरु देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो ।

तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ । दक्षिण कोरियाको सरकारले गएको जुन ३ तारिखदेखि कोरोना भाइरसको परीक्षण शुरु गरेको थियो ।

त्यस यता आजसम्ममा यहाँको सरकारले करिब १३ लाख ४० हजार जनाको परीक्षण गरेको जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?