कोरोना भाइरसबाट अभिनेता निक कोर्डेरोको निधन

काठमाडौं । ब्रोडवेस्टार निक कोर्डेरोको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

बुलेट्स ओभर ब्रोडवेमा आफ्नो प्रदर्शनद्वारा टोनी अवार्डस समेत पाइसकेका क्यानेडियन स्टार निकको ४१ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले बताएका छन् ।

यो जानकारी उनकी श्रीमती तथा फिटनेश प्रशिक्षक एमेण्डा क्लूट्सले दिएकी हुन् ।

उनी कोरोनाका कारण केहि हप्तादेखि आईसीयूमा रहेका थिए । पहिला निमोनिया भएको बताइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?