काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आजदेखि ७४ औँ वर्षमा प्रवेश गरेका छन् । तर ७४ औँ वर्षको जन्मदिन भनेउनले देशको विषम परिस्थितीका कारण नमनाउने कुरा यस अगाडि नै एक सूचना मार्फत जारी गरिसकेका थिए ।
मुलुकमा लोकतन्त्र आउनु अघि राजाको जन्मदिनमा सार्वजनिक बिदा हुने गरेको भएपनि २०६२–६३ को जनआन्दोलनपछि बनेको सरकारले राजाका अधिकारहरु कटौति गरेसँगै सार्वजनिक बिदा दिन छोडिएको छ।
०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले मुलुकमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो। त्यसपछि पूर्वराजा शाहले सर्वसाधारणकै हैसियतमा जन्मोत्सव मनाउँदै आइरहेका छन्।

देशको पछिल्लो परिस्थिती बारे पूर्वराजाको यस्तो अपील (विज्ञप्तिसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया