विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ४० हजार ६७७ जनाको मृत्यु भईसकेको छ भने १ करोड १७ लाख ३९ हजार ८९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६६ लाख ४२ हजार ४६१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५७ हजार ९७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३२ हजार ९७९ जनाको मृत्यु भईसकेको छ भने ३० लाख ४० हजार ८३३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १३ लाख २४ हजार ९४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार १९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १६ लाख २६ हजार ७१ जनालाई संक्रमण भएको छ भने ६५ हजार ५५६ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ९ लाख ७८ हजार ६१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म २० हजार १७४ जनाको मृत्यु भईसकेको छ भने ७ लाख २० हजार ३४६ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख ४० हजार १५० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार २९६ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ८७ हजार ८६२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ५४ हजार ३२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा अहिलेसम्म १० हजार ७७२ जनाको मृत्यु भएको छ भने ३ लाख ५ हजार ७०३ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ९७ हजार ६१९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार ८६९ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ३८४ जनाको मृत्यु भएको छ भने २ लाख ९८ हजार ५५७ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ६४ हजार ३७१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार २३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८५ हजार ७६८ जनालाई संक्रमण भएको छ । त्यहाँ २३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३१ हजार ११९ जनाको मृत्यु भएको छ भने २ लाख ६१ हजार ७५० जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ५९ हजार ६५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४८० जनाको मृत्यु भएको छ भने ४ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ईरानमा अहिलेसम्म ११ हजार ७३१ जनाको मृत्यु भएको छ भने २ लाख ४३ हजार ५१ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ४ हजार ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार २०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ८६९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४१ हजार ८१९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९२ हजार २४१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ७६२ जनाको मृत्यु भएको छ भने २ लाख ३१ हजार ८१८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ३१ हजार ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ४०६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा विश्वमा ५४० जनाको मृत्यु भएको छ भने ६ हजार ८९७ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?