कोरोनाको प्रकोप : अमेरिकामा सोमवार आधा लाख संक्रमित थपिए, मृतक कति ?

काठमाडौं । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको महामारी अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ५ लाख ४० हजार ६६० जनाको मृत्यु भएको छ भने १ करोड १७ लाख ३९ हजार १६७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६६ लाख ४१ हजार ८६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५७ हजार ९७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ३२ हजार ९७९ जनाको मृत्यु भएको छ भने ३० लाख ४० हजार ८३३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १३ लाख २४ हजार ९४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १५ हजार १९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म ३२ हजार २६७ जनाको मृत्यु भएको छ भने ४ लाख २२ हजार ८५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा २ लाख ७७ हजार ४३३ जनालाई संक्रमण भएको छ भने ६ हजार ४४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा २ लाख १० हजार ६ जनालाई संक्रमण भएको छ भने २ हजार ७३८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा सोमवार ५० हजार ५८६ जनालाई संक्रमण भएको छ भने ३७८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?