काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ३८ हजार ५ सय ५० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वभरका १ करोड १६ लाख ५४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६५ लाख ९५ हजार ४ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५८ हजार ७ सय ६ जनाको अवस्था गम्भीर रहेको छ ।
बितेको २४ घण्टामा मात्र विश्वभर कोरोनाको कारण २ हजार १ सय ५ जनाको ज्यान गएको र १ लाख २ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण फैलिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरसको असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ३२ हजार ६ सय १५ पुगेको छ । बितेको २४ घण्टामा २२ हजार ७ सय ८४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ५ हजार ७ सय २४ पुगेको छ । हालसम्म १२ लाख ९५ हजार ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १५ हजार ९ सय ९० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ सय १५ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ६५ हजार १ सय २० जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ८ हजार ७ सय ६६ जनामा कोरोना संक्रमण देखिएको र २ सय २० जनाको कोरोनाको कारण ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै हालसम्म ब्राजिलमा १६ लाख १३ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको अवस्थामा ९ लाख ७८ हजार ६ सय १५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै छिमेकी देश भारतमा बितेको २४ घण्टामा २१ हजार ५ सय ६५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७ लाख १९ हजार ४ सय १ पुगेको छ । हालसम्म कोरोनाको कारण भारतमा २० हजार १ सय ७३ जनाको ज्यान गएको र ४ लाख ४० हजार ९९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा भारतमा कोरोनाको कारण ४ सय ७३ जनाले ज्यान गुमाएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै रसियामा हालसम्म ६ लाख ८७ हजार ८ सय ६२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ६ हजार ६ सय ११ जनामा कोरोना संक्रमण देखिएको र १ सय ३५ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोनाको कारण रसियामा १० हजार २ सय ९६ जनाको ज्यान गएको र संक्रमितमध्ये ४ लाख ५४ हजार ३ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै पेरुमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १० हजार ५ सय ८९ पुगेको छ । हालसम्म ३ लाख २ हजार ७ सय १८ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा पेरुमा कोरोना संक्रमणको असर देखिएको छैन् ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ८४ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार बढीमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ९८ हजार ५ सय ५७ पुगेको छ । हालसम्म २ लाख ६४ हजार ३ सय ७१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये २ हजार ६९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्पेनमा बितेको २४ घण्टामा कोरोनाको कुनै असर देखिएको छैन् । स्पेनमा हालसम्म संख्या २ लाख ९७ हजार ६ सय २५ पुगेको छ । हालसम्म २८ हजार ३ सय ८५ जनाको कोरोनाको कारण ज्यान गएको भने संक्रमितमध्ये ६ सय १७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । बितेको २४ घण्टामा बेलायतमा ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको र १६ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८५ हजार ७ सय ६८ पुगेको छ । त्यस्तै संक्रमितमध्ये २ सय ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै मेक्सिकोमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० हजार ६ सय ३९ पुगेको छ । बितेको २४ घण्टामा थप ४ हजार ६ सय ८३ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २ लाख ५६ हजार ८ सय ४८ पुगेको छ । हालसम्म १ लाख ५५ हजार ६ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ३ सय ७८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै इटालीमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ८ सय ८९ पुगेको छ । बितेको २४ घण्टामा २ सय ८ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ४१ हजार ८ सय १९ पुगेको छ । हालसम्म १ लाख ९२ हजार २ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमितमध्ये ७२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया