सवारी पासबिना यात्रु ओसार्ने दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले सवारी पासबिना यात्रु ओसार्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले पासबिना बर्दियाबाट काठमाडौं आउँदै गरेको भे१ज ११३५ का चालक सञ्जय विक र डोटीबाट काठमाडौं आउँदै गरेको बा२ज ८६ नम्बरका ट्याक्सी चालक शङ्खमान तामाङलाई आइतबार राति पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ विकले पासबिना १७ यात्रुसँग २५ हजार तथा तामाङले तीन यात्रुसँग ३० हजार पाउने सर्तमा काठमाडौं आएको बताएको छ ।

पक्राउ परेका दुवै जनालाई सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?