कोभिड–१९ : ४२ दशमलव ७ प्रतिशत संक्रमित संक्रमण मुक्त भइ घर फर्किए

काठमाडौं । नेपालमा कोभिड–१९ का जम्मा संक्रमितमध्ये ४२ दशमलव सात प्रतिशत संक्रमणमुक्त मुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६ हजार ८ सय ११ पुगेको बताए । कोभिड–१९ बाट संक्रमण मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २६४ रहेको छ । आजसम्म कोभिड–१९ बाट संक्रमितको सङ्ख्या १५ हजार ९६४ जना पुगेको छ ।

प्रदेशानुसार प्रदेश नं १ मा ४६९ जना, प्रदेश नं २ मा दुई हजार ७२, बागमती प्रदेशमा ६३९ र गण्डकी प्रदेशमा २९५ सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यो सङ्ख्या प्रदेश नं ५ मा तीन हजार ९८४, कर्णाली प्रदेशमा एक हजार २२२ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६९१ रहेको छ ।

त्यसैगरी ५७ दशमलव एक प्रतिशत अर्थात नौ हजार ११८ आइसोलेसनमा रहेका उनको भनाइ छ । गत २४ घण्टामा १८० जनामा कोरोना पुष्टि भएको छ । विगत २४ घण्टामा २३ प्रयोगशालामा चार हजार ७२१ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण भएको जानकारी दिए । क्वारेन्टाएनमा रहेका व्यक्तिको सङ्ख्या २९ हजार २१५ रहेको छ ।

मन्त्रालयको दुई कल सेन्टरबाट ७४१ फोन प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ५६ हजार ३०० छ । जम्मा इन्ट्री गरिएको सङ्ख्या ६८ हजार २९ छ । आज मात्रै २९ जनाले इन्ट्री गरेका छन् । त्यसमध्ये रेड जोनमा पर्नेको जम्मा सङ्ख्या ५१९ छ । त्यसमध्ये आज एकजना ललितपुरका रहेको प्रवक्ता गौतमले बताए ।

यसैगरी मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या उल्लेखीय छ भने भाइबर गु्रप प्रयोगकर्ता तीन लाख ९७ हजार ६२३ रहेका छन् । देशभरमा ५०० भन्दा बढी संक्रमित रहेका जिल्लामा प्रदेश नं २ मा महोत्तरी र रौतहट, प्रदेश नं ५ मा पाल्पा रहेको छ । त्यस्तै, सुदूरपश्चिमको अछाम, कैलाली र बाजुरामा पनि सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?