फेसबुक लाईभमा युवतीको आत्महत्या प्रकरणमा बोल्यो स्वास्थ्य मन्त्रालय

काठमाडौं-  बितेको एक सातामा दुई महिलाले फेसबुक लाईभमा आएर आत्महत्या गरेको सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गत बिहीबार फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवती, चितवनमा त्यस्तै प्रकृतिको अर्को घटना भएपछि फेसबुक लाईभमा आत्महत्याको भिडियो र आत्महत्याबारे स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो।

मन्त्रालयले बितेको एक हप्तामा २ जना महिलाले आत्महत्या गर्दा फेसबुकमा लाईभ गरेको र उनीहरुको भिडियोले आत्महत्यालाई प्रेरित गर्ने र बालबालिकाको दिमागलाई नकारात्मक असर गर्ने भएकोले यस्ता भिडियोहरुको कसैले पनि सेयर नगर्न, फेसबुकलाई तत्काल रिपोर्ट गर्न अनुरोध गरेको छ ।

दाङ जिल्लाको तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी एक युवतिले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन् । सोही प्रकृतिको घटना चितवनमा पनि भयो । उनीहरुको आत्महत्याको भिडियो क्लिप्स विभिन्न युट्युब र सामाजिक सञ्जालमा सेयर भईरहेका छन् । मन्त्रालयले ‘आत्महत्या समस्याको समाधान नभएको कारण आफूजस्तै समस्याबाट अरु धेरैजना गुज्रिएका छन् भनेर सोचर यस्तो गलत बाटोमा नलाग्न’ पनि अनुरोध गरेको छ ।
नेपालमा लकडाउन सुरु भएयता करिब १३ सय जनाले आत्महत्या गरेका छन् । कतिपय स्थानमा क्वारेन्टाईनमा बसेकाहरुले समेत आत्महत्या गरेका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 

फेसबुकमा लाइभ आएर आत्महत्या गरेकी युवतीको भिडियो फेसबुकले हटायो, कारण यस्तो

आत्महत्या गर्न खोज्नेबारे तत्काल खबर फरवार्ड गर्ने को हो ? 

‘सुसाइड नोट’को सट्टामा फेसबुक लाइभ ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?