२ वडा सचिव किर्ते गरेको अभियोगमा पक्राउ

घोराही । घोराही उपमहानगरपालिकाका दुई जना वडा सचिव पक्राउ परेका छन् । किर्ते गरेको अभियोगमा घोराहीका वडा नं. १ का वडा सचिव धनबहादुर केसी र वडा नं. १३ का वडा सचिव रनविन बुढालाई पक्राउ परेको जिल्ला प्रहरि कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

ती दुई जना वडा सचिवले २०५९ सालको जन्म मिति भएकी एक किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ । सो प्रकरणमा लामोसमय शिक्षण पेशामा सलग्न रहदै आएका हुकुम जिसि पक्राउ परेका छन ।

एउटा जवरजस्ती करण मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउँदा किर्ते कार्यमा ती दूई वडा सचिवले तत्कालिन समयमा सघाएको आरोप पछि पक्राउ गरिएको हो । हाल पूर्पक्षका लागि थुनामा रहेका जवरजस्ती करणी मुद्दाका अभियुक्तका आफन्तले केटीले उमेर किर्ते गरि घटाएको जानकारीका आधारमा दाङ देउखुरी जिल्ला अदालतमा उजुरी दिएका थिए ।

त्यसपछि अदालतले घोराही उपमहानगरपालिकाकालाई उक्त विषयमा सत्य तथ्य जानकारी दिन पत्राचार गर्न भनेको थियो । अदालतको पत्रका आधारमा घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ जन्मेको प्रमाणित गरेपछि सचिवद्धय विरुद्ध किर्ते अभियोगमा मुद्दा परेको थियो । पक्राउ परेकाहरु माथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?