साउदीबाट बिहीवार ४४८ जना स्वदेश फर्कने

काठमाडौं । साउदी अरबको रियादबाट नेपाल एयरलाइन्सले बिहीवार चार्टर उडान गर्ने भएको छ ।

उक्त उडानबाट ४४८ जना नेपाली स्वादेश फर्कन पाउने भएका छन् । त्यहाँ स्थित नेपाली दूतावासले बिहीवार नेपाल फर्कने सबै ४४८ जनाको नाम सार्वजनिक गरेको छ ।

बिहीवार नेपाल फर्कने नेपालीहरूको सूची नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार पारेको हो । उडानमार्फत स्वदेश फर्कने नेपालीले कोभिड–१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने दूतावासले जनाएको छ ।

साथै हवाई टिकटका लागि नेपाल एयरलाइन्सले तोकेको स्थानबाट मात्रै टिकट काट्न सकिने बताइएको छ। दूतावासले हवाई टिकट बुकिङ गरेसकेपछि मात्र कोभिड-१९ टेस्ट गर्न समेत अनुरोध गरेको छ ।

चार्टर उडानको एकतर्फी हवाई भाडा ४६५ अमेरिकी डलर अर्थात ५५ हजार ३७६ रुपैयाँ रहेको दूतावासले बताएको छ ।

यसअघि विभिन्न मितिमा प्रकाशित गरेका सूचीमा नाम परेका तर हालसम्म स्वदेश फर्किन नसकेकाहरू स्वदेश नफर्किँदासम्म प्राथमिकताको सूचीमै रहने दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?