काठमाडौं – ललितपुरमा आज एकैदिन २० जनामा कोरोना भाईरस ‘कोभिड १९’ संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै उच्च संख्या हो ।
काठमाडौंका विभिन्न ल्याबमा गरिएको परिक्षणका क्रममा ललितपुरका थप २० जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज उपत्यकामा मात्रै (काठमाडौं, भक्तपुर र ललितपुरमा) मात्रै ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको थियो । भने उपत्यकाभर ३० जनामा संक्रमण देखिएको थियो ।
गत असार १ गतेबाट लकडाउन केहि परिमार्जन गरिएसँगै जोर बिजोर प्रणालीम सवारी साधन चलिरहेका छन् बजारमा बाक्लो भिडभाड छ । सुरक्षाको उपाय बिना नै मानिसहरु निर्वाध घुमफिर गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयले पटकपटक अनुरोध गरिरहेको छ । भौतिक दूरी, मास्क र साबुनपानीको प्रयोग गरौँ भनेर ।
मानिसहरुलाई कोरोना भाईरस ‘कोभिड – १९’ बारे सुन्दासुन्दै वाक्क लागेको छ , तर आफू सुरक्षित रहेर हिड्न भने हेलचक्राई गरिरहेका छन् ।
पछिल्लो एक सातादेखि दैनिक जसो उपत्यकामा संक्रमित बढीरहेको छन् ।
यसैबीच बितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या १६ हजार नजिक पुगेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएर उपचाररत अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न अस्पतालबाट २६४ जना संक्रमणमुक्त भएसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ ।
यस्तै कोरोनाबाट हालसम्म ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले आज थप एकजनाको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा बाग्लुङ मिसिखोला गाउँपालिका ३ का २९ पुरुष रहेका छन् । उनी गत असार १ गते भारतबाट आएका थिए । परिवारसहित भारतमा रहेका उनी क्षयारोगले पिडित रहेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
उनलाई ढोरपाटन नगरपालिकाले असार १२ गते खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा राखिएको थियो । पछि नगरपालिकाले होम क्वारेन्टाइनमा पठाएको थियो । उनको आइतवारबिहान होम क्वारेन्टाइनमा मृत्यु भएको थियो । उनीसहित उनका ५ जना परिवारको पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।
मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्नू : गृह मन्त्रालय
गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले यसो गरिएको गरिएको गृह प्रवक्ता केदार शर्माले बताए ।
बाक्लो भिडभाड हुने घना बस्तीहरुमा कोरोनाको जोखिम उच्च रहेको भन्दै यसअघि पनि स्वास्थ्य मन्त्रालयले बारम्बार सचेत गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया