नुवाकोट । नुवाकोट जिल्लामा थप १ जनामा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
आइतवार मात्र नुवाकोटमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै हालसम्म ६ हजार ८ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । देशभरका विभिन्न अस्पतालबाट बितेको २४ घण्टामा मात्र थप २ सय ६४ जना कोरोना मुक्त घर फर्किएका हुन् ।
कोरोनाको कारण नेपालमा हालसम्म ३५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया