बलात्कृत महिलालाई न्याय दिलाउन यी वकिलले छोडिन् दुई करोडको जागिर

काठमाडौं । बलात्कृत महिलालाई न्याय दिलाउन एक वकिल महिलाले दुई करोडको जागिर छोडेकी छिन् । शुरुमा वार्षिक तलब दुई लाख डलर । तर एउटा ठूलो वकिल कार्यालयको त्यो जागिर प्रस्ताव रेज गार्डीले लिइनन् । उनले एउटा उद्देश्यका लागि लड्नु थियो ।

ठूलो रकम र रहरलाग्दो जागिरको लोभका बीच मैले आफूलाई निरन्तर मेरो उद्देश्य सुविधासम्पन्न जीवनशैलीभन्दा ठूलो हो भनेर सम्झाउनुपर्थ्यो, रेज गार्डीले भनिन् । म निश्चित कारणले कानुन पढ्न गएँ‘ म सकारात्मक परिवर्तन ल्याउने कुरामा कानुनको शक्ति चिन्न चाहन्थेँ, उनले भनिन् ।

जिहादी समूह इस्लामिक स्टेट आईएसले अपहरण गरेका, बेचबिखन गरेका र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा उनी सहभागी भइन् । मेरा अभिभावकहरू त्यो क्षेत्रबाट भागेर मलाई संसारको अर्को कुनामा पुर्‍याए। तर जहाँबाट यो सुरु भएको थियो म त्यहीँ पुगेँ ।

अन्यायबीच हुर्कँदा

रेज

रेज सन् १९९१ मा पाकिस्ताको शरणार्थी शिविरमा जन्मिएकी थिइन् । उनका बाबुआमा इराकका कुर्द समुदायका थिए । उनको बाल्यकाल सद्दाम हुसैनको शासनकालमा ज्यान गुमाएका नातेदार, छिमेकी र साथीहरूको कथा सुनेर बित्यो ।

जब उनी ७ वर्षकी भइन् उनको परिवार न्यूजील्यान्ड पुग्यो। उनले अध्ययनमा राम्रो गरिन् र गत वर्ष हार्भार्ड कानुन विद्यालयबाट पढाइ पूरा गरिन् । म जन्मेको अवस्थाले मलाई समानता, न्याय र मानव अधिकारमा आकर्षित गर्‍यो, उनी भन्छिन्। मैले ती कुरा भनेका के हुन् भनेर बुझ्नुभन्दा पहिले नै अन्याय र मानव अधिकारबाट वञ्जित गरेका घटनाहरू देखेँ ।

त्यो म पनि हुन सक्थेँ

सन् २०१४ मा उनी उत्तरी इराकमा कुख्यात अपराध भएका स्थान नजिकै महिलाहरूको बयान सङ्कलन गरिरहेकी बेला त्यस क्षेत्रमा आईएसको उदय भयो । आईएसले याजिदिज भनिने पाँच लाख जनसङ्ख्या भएको पुरातन समूदायलाई लक्षित गर्‍यो । आईएस जिहादीहरूका लागि त्यो समूदाय विधर्मी हो ।

रेज

उनीहरूको आक्रमणबाट बच्न हजारौँ त्रसित गाउँलेहरू नजिकैको सिन्जार पहाडतर्फ भागे। सयौँले त्यहाँ आश्रय पाए भने थुप्रै प्रचण्ड गर्मीका कारण मरे । समातिएका युवा र अधबैँसे उमेरका पुरुषहरू मारिए । लन्डन स्कूल अफ इकोनोमिक्सले गत वर्ष प्रकाशित गरेको प्रतिवेदनमा सो आक्रमणमा १० हजार याजिदिजहरू समातिएका वा मारिएका बताएको छ । नियन्त्रणमा लिइएका महिला र किशोरीहरूका लागि नर्कको जीवन पर्खिरहेको थियो ।

याजिदिज

त्यस्ता महिलाको कथा सुनेर बसिरहँदा उनिहरूले त्यस्तो अवस्था भोग्नुपरेको सुनेर असह्य पीडा हुन्छ र रिस उठ्छ । उनी प्रश्न गर्छिन्स् त्यो मलाई वा मेरो बहिनीलाई वा आमालाई हुन सक्थ्यो। किन कोही यस्तो अवस्थाबाट गुज्रनुपर्छ ?

यौनदासीहरू

ती अपराधहरूलाई कुनै व्यक्तिसँग जोड्नु र त्यसको प्रमाण पेश गर्नु गार्‍हो काम हो ।

याजिदिज

रेजले सञ्चारमाध्यम र मानव अधिकार समूहहरूले नभेटेका माहिलाहरू खोजिरहेकी छन् । याजिदी महिलाहरूले कति चोटी उनीहरूको बेचबिखन भयो र कहाँ राखियो सम्झन सक्छन् । उनीहरूले आफूले भोगेका बलात्कार र यौनहिंसाका बारेमा भन्न सक्छन्। उनीहरूले त्यस्तो अपराध गर्ने आईएसका मान्छेहरू चिन्न सक्छन्, रेज भन्छिन् ।

आईएस व्यवस्थित समूह थियो र रेजका अनुसार उनिहरूले याजिदी मानिसहरूलाई विनाश गर्न खोजेको स्पष्ट ढाँचा देखिन्छ । उनीहरूले पुरुषबाट महिलालाई छुट्टाए र युवतीलाई वृद्धाबाट । यसको कारण अविवाहित युवतीहरूलाई यौनदासीको रूपमा बेच्दा धेरै पैसा आउँथ्यो । धेरै वृद्धवृद्धालाई भेटिएकै स्थानमा त्यही मारियो ।

याजिदिज

उनी यस विषयमा धेरै अनुसन्धान हुने र त्यसबाट आईएसका लडाकुहरूलाई अपराधको आरोप लगाउन सकिने मान्छिन् । यो गोप्य र धेरै संवेदनशील छ। म बोल्न सक्ने महिलाबाट मात्रै बयान टिप्छु। अझै पनि कतिपय महिला यो विषयमा बोल्न नसक्ने अवस्थामा छन् ।

उनले भ्रमणका क्रममा पत्ता लगाएकी छन् कि आईएसका लडाकु मात्रै अपराधी छैनन् । मोसुल क्षेत्रमा धनी र शक्तिशाली अरबीहरूले महिला किनेका छन् ।

न्यायको अभियान

नादिया मुराद सन् २०१४ मा लडाकूले नियन्त्रणमा लिएर यातना दिएकी र बलात्कृतमध्ये एक हुन् । त्यो बेला उनी जम्मा २१ वर्षकी थिइन् । सन् २०१८ मा उनले अथक अभियानका लागि नोबेल शान्ति पुरस्कार जितिन् तर अन्य धेरै याजिदिज झैँ न्याय पाउन सकिनन् ।

नादिया मुरादले पुरस्कार पाइन्, न्याय पाइनन्

नादिया मुरादले पुरस्कार पाइन्, न्याय पाइनन्

केही आरोपितहरू इराकमा, केही सिरियामा र केही युरोपमा समातिएका छन्। केही घटनामा अदालतमा जान मिल्ने गरी प्रमाण छन्, रेज भन्छिन् । तर सिरिया युद्धको चपेटामा छ र इराकको कानुनी व्यवस्था समस्याग्रस्त छ ।

त्यहाँको कानुन व्यवस्था लैङ्गिक यातना, मानवताविरुद्धको अपराध र नरसंहारजस्ता अपराधमा न्याय दिन सक्षम नभएको अमेरिकी गैरसरकारी संस्था ग्लोबल जस्टिस सेन्टरले बताएको छ ।

यद्यपि हालै इराकी अदालतले एक आईएस लडाकूलाई १४ वर्षीय याजिदी किशोरी आश्वाक हाजीलाई बलात्कार गरेको अपराधमा मृत्युदण्डको फैसला गर्‍यो । जर्मनीमा बसिरहेकी आश्वाक बलात्कारीविरुद्धको मुद्दामा बयान दिन इराक पुगिन् ।

आश्वाक हाजीको बलात्कारीलाई इराकमा मृत्युदण्ड दिइएको छ
आश्वाक हाजीको बलात्कारीलाई इराकमा मृत्युदण्ड दिइएको छ

अब फेरि यस्तो नहोस्

संयुक्त राष्ट्रसङ्घले आईएसले गरेका अपराधहरूमाथि अध्ययन गर्न एउटा अनुसन्धान समिति बनाएको छ । बलिया प्रमाणबाहेक विश्वको साझा स्मृतिले आईएसका अपराधीहरू खोज्न मद्दत गर्ने रेजको अपेक्षा छ ।

जब सद्दाम हुसैनले कुर्दिस बालबालिकालाई रासायनिक हतियार प्रयोग गरेर मारे, त्यो समाचार विश्वले थाहा पाउन लामो समय लाग्यो । अहिले त सारा विश्वले याजिदिहरूलाई के भयो देखेका छन्, उनी भन्छिन् ।

याजिदी महिलाहरूले न्याय पाउनेमा उनी आशावादी छिन् । हामीले यस्ता घटना भविष्यमा नहोस् भनेर पनि न्यायका लागि लड्नु जरुरी छ ।

बीबीसीको सहयोगमा

तस्वीर: बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?