विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

काठमाडौं । स्वास्थ्य क्षेत्रमा विश्वका लागि ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ५ लाख ३६ हजार ७८६ जनाको मृत्यु भईसकेको छ भने १ करोड १५ लाख ५७ हजार ८१० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६५ लाख ३५ हजार ५९८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ५४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१३ वटा देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा १ लाख ३२ हजार ५६९ जनाको मृत्यु भईसकेको छ भने २९ लाख ८२ हजार ९२८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १२ लाख ८९ हजार ५६४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म १६ लाख ४ हजार ५८५ जनालाई संक्रमण भएको छ भने ६४ हजार ९०० जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ९ लाख ७८ हजार ६१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १९ हजार ७०० जनाको मृत्यु भईसकेको छ भने ६लाख ९७ हजार ८३६ जनालाई संक्रमण भएको छ । त्यस्तै ४ लाख २४ हजार ८९१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १० हजार १६१ जनाको मृत्यु भईसकेको छ भने ६ लाख ८१ हजार २५१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ५० हजार ७५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा अहिलेसम्म १० हजार ५८९ जनाको मृत्यु भएको छ भने ३ लाख २ हजार ७१८ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ९३ हजार ९५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ हजार २१० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २८ हजार ३८५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९७ हजार ६२५ जनालाई संक्रमण भएको छ । त्यहाँ ६१७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चिलीमा अहिलेसम्म कोरोनाबाट ६ हजार ३०८ जनाको मृत्यु भएको छ भने २ लाख ९५ हजार ५३२ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख ६१ हजार ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४४ हजार २२० जनाको मृत्यु भईसकेको छ भने २ लाख ८५ हजार ४१६ जनालाई संक्रमण भएको छ । त्यहाँ २३१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा अहिलेसम्म ३० हजार ६३९ जनाको मृत्यु भएको छ भने २ लाख ५६ हजार ८४८ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ५५ हजार ६०४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २७३ जनाको मृत्यु भएको छ भने ४ हजार ६८३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३४ हजार ८६१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४१ हजार ६११ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९२ हजार १०८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा अहिलेसम्म ११ हजार ५७१ जनाको मृत्यु भएको छ भने २ लाख ४० हजार ४३८ जनालाई संक्रमण भएको छ । त्यस्तै २ लाख १ हजार ३३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ हजार १६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पाकिस्तानमा अहिलेसम्म ४ हजार ७१२ जनाको मृत्यु भएको छ भने २ लाख २८ हजार ४७४ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख २९ हजार ८३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ हजार ४१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

बितेको २४ घण्टामा विश्वमा ३४१ जनाको मृत्यु भएको छ भने ७ हजार २६८ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?