सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित, के हो कारण ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठक नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आउँदो बुधबारसम्मका लागि स्थगित गरिएको बुझिएको छ ।

स्थगित भएको स्थायी कमिटीको बैठक आगामी असार २४ गते ११ बजे बस्नेछ । यो बीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिका कारण नेकपामा ठूलै हंगामा भएको छ । यहाँसम्मकी पार्टी फुटको संघारमा पुगिसकेको छ । त्यसैले अन्तिम अस्त्रको रुपमा बैठकहरु भईरहेका छन् भने भेटवार्ता चलिरहेको छ ।

यसअघि २० गते शनिबार बस्ने भनिएको स्थायी कमीटि बैठक आजको लागि सारिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?