काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ । घिसिङका पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा आइतबार राति निधन भएको हो ।
९८ बर्षिय घिसिङ बाथरुम जाने क्रममा बेहोस भएका थिए। उनलाई तत्कालै मेडिकेयर हस्पिटल लगिएको थियो। उनको राति १० बजे अस्पतालमा नै निधन भएको हो।
घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने बुझिएको छ । कुलमान घिसिङको नेतृत्वमा देशव्यापी रुपमा लोडसेडिङ अन्त्य भएको हो । उनलाई परेको शोकमा देशविदेशबाट उनका पिता घिसिङप्रति श्रद्धान्जली र परिवारमा समवेदना व्यक्त भईरहेको छ ।

स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनको श्रीमतीको केही बर्षअघि नै निधन भइसकेको थियो। Pic : google
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया