कोरोनाको प्रकोप : अमेरिकामा आईतवार ४४ हजार बढी संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको महामारीका कारण ५ लाख ३६ हजार ७८६ जनाको मृत्यु भईसकेको छ भने १ करोड १५ लाख ५७ हजार ८१० जनालाई संक्रमण भएको छ । त्यस्तै ६५ लाख ३५ हजार ५९८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५८ हजार ५४० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ३२ हजार ५६९ जनाको मृत्यु भएको छ भने २९ लाख ८२ हजार ९२८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १२ लाख ८९ हजार ५६४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १६ हजार ३८ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्युयोर्कमा ३२ हजार २४८ जनाको मृत्यु भएको छ भने४ लाख २२ हजार २६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा २ लाख ६३ हजार २२३ जनालाई संक्रमण भएको छ भने ६ हजार ३३७ जनाको मृत्यु भएको छ ।

त्यस्तै टेक्सासमा १ लाख ९५२ जनालाई संक्रमण भएको छ भने २ हजार ६७५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा आईतवार मात्रै ४४ हजार ५३० जना संक्रमित थपिएका छन् भने २५१ जनाको मृत्यु भएको छ ।

अमेरिकामा यो संख्या कोरोनाबाट एकैदिनमा मृत्यु भएकाहरुको संख्यामा २४ मार्च यताकै सबैभन्दा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?